‘बुगी वुगी’का पहिलो विजेता बनिन् कविता नेपाली

0
700

काठमाडौं : सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी छन्। एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन्। उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन्।

फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले चार लाख नगद पाएका छन् ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी थिए। तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए।

अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा एपीवान टेलिभिजनले पहिलोपटक आयोजना गरेको हो। भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ। त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो। यसलगत्तै नेपाल आइडल सिजन टु साउन २४ गतेबाट सञ्चालन हुँदैछ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here