गायिका शोभा र संजुको (आए म त संगिनी) रम्माइलो तीज गीत बजारमा : हेरौं भिडियो |

0
939

साउन २० काठमाण्डौ | हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा धमाधम तीज गीत सार्वजनिक भईरहेका छन् | यसै क्रममा डा. कृष्णहरी बरालको शब्दमा गायिका शोभा र संजुले (आए म त संगिनी) तीज गीत यसपालिको तीजमा सार्वजनिक गरेका छन् |
अत्यधिक आधुनिक तथा फिल्मी गित लेखिरहने डा. कृष्णहरी बरालले तिज गितको शब्द समेत कोरेका छन । उनकै शब्दमा यसपालीको तीज गीत सार्वजनिक भएको हो । ।

आए म त संगिनी बोलको तीज गीतको भिडियोमा नन्दा बस्याल र बबिता ढुंगानाले छम छमी नाचेका छन् ।
अहिले अनेकौ गीत सार्वजनिक भएको बेला एक मौलिकपनको स्वाद शोभा र संजुले बजारम ल्याएका हुन् । उक्त सार्वजनिक गीतमा शोभा पाण्डे र संजु लम्सालको स्वर रहेको छ भने, डा. कृष्णहरी बरालको शब्द तथा गैरे सुरेशको संगीत रहेको छ ।

यस गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् भने शम्भु चालिसेले यस भिडियो खिचेका हुन् । यो तिज गितले तिजको संस्कार र पुराना भाकाहरुको स्मरण समेत गराउने छ । नेपाली चेलीले भोग्ने घरका समस्या अनी माईतीका दिदी बहिनीको याद दिलाउने गरी गितको शब्दलाई भिडियोमा उतारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here