कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।

0
536

साउन २१ काठमाण्डौ । कञ्चनपुरमा केही दिन अघि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ।

किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको प्रहरीले जनाएको छ। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरिक्षक डिएसपी ज्ञानबहादुर सेठीले अहिलेसम्म घट्नास्थल पहिचान गर्न नसकेको बताए। डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा घटना अनुसन्धान गर्न एक टोली महेन्द्रनगर पठाएको थियो। सो टोलीसहित जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ।

यता, घटनाको यतिका दिन बितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेकोमा स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले बालिका हत्याका विरुद्ध दैनिक प्रदर्शन गर्दै आइरहेका छन्।

प्रहरीले अनुसन्धानका क्रममा अहिलेसम्म ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरिसकेको जनाएको छ। तर बालिकाका बुवाले अनुसन्धान फितलो भएको र आफुहरुले शंका गरेका ब्यक्ति समेत छाडिएको भन्दै आक्रोश व्यक्त गरे।

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका पन्तको ११ दिनअघि उखुबारीमा शव भेटिएको थियो। स्रोत nepalkhabar .com ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here