बोल माया गीत बाट आफ्नो बेग्लै पहिचान बनाएकी मोडल अञ्जली अधिकारीको अर्को मौलिक तीज कोशेली”भुँइको धुलो” सार्वजनिक

0
746

काठमाडौं।अञ्जली अधिकारीको अभिनयमा तीज कोसेली भुँइको धुलाे सार्वजनिक भएको छ।नेपाली लोक सांगीतिक क्षेत्रमा पछिल्लो समयमा बोल माया बोलको गीतबाट अभिनयको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी मोडल अञ्जली अधिकारीको अभिनयमा अर्को मौलिक तीज कोसेली भुँइको धुलो बजारमा आएको छ ।मौलिक विषय बस्तुलाई कथाबस्तु बनाई तयार गरिएको गीत निकै राम्रो बनेको छ । शिबदर्शन फिल्मस् प्रालीको प्रस्तुतीमा तारापती सुवेदी, जीवन दाहाल र सुस्मिता परियारको संयुक्त प्रस्तुतीमा भुँइको धुलो बजारमा आएको हो ।

हा तिउन मिठो घिरौलाको अचार करेलीको
ज्यानै मारा रैछ तिम्रो झिम्कै परेलीको
भुइको धुलो उडाउदै नाच मायाले
बारुली कम्मर भाच मायाले

बोलको गीत लय शब्द तारापती सुवेदी अनी तारापती सुवदी, जीवन दाहाल, सुस्मिता परियार र रनु गुरुङको आबाजमा सजिएको छ ।गीतको भीडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडलहरु अञ्जली अधिकारी र निर्मल क्षेत्रीको अभिनय रहेको छ ।शिबदर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् भने सम्पादन बिष्णु शर्मा र छायाँकन राजेश घिमिरेले गरेका हुन ।हेर्नुहोस भिडियो –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here