काठमाडौं । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो ग्ल्यामर लुकका कारण चर्चामा रहने गर्छिन् । उनको डान्सिङ भिडियोले राम्रै चर्चा पाउने गर्छ ।यसैबीच उनको केही यस्ता फोटा बाहिर आयो जसले तपाईलाई अचम्मित बनाइदिन्छ । उनी मैलो पुरानो साडीमा तरकारी बेच्दै गरेको अवस्था देखिएकी छन् ।अदा शर्मा स्टाइलका कारण पनि चर्चामा रहन्छिन् तर भाइरल भइरहेको तस्बिरमा उनी सडकको छेउमा काउली, काँक्रो, भिँडी लगायतका तरकारी बेचिरहेको देखिन्छ ।
तपाईले सोचिरहनुभएको होला अदा कसरी यो हालतमा आइपुगिन् ? तर यो सबै एक फिल्मका लागि हो । उनको लुक टेस्ट गर्न यो सब गरिएको हो ।हालै अदाले एक हलिउड फिल्मका लागि अडिसन दिएकी छन् ।यसै शिलशिलामा उनले यो तरकारी बेच्दै गरेको लुक बाहिर ल्याएकी थिइन् । उनले उक्त फिल्ममा काम पाइन् वा पाइनन् त्यो भने अझै जानकारीमा आएको छैन ।
बलिउड अभिनेत्री अदा शर्माले सन् २००८ मा फिल्म ‘१९२०’बाट डेब्यू गरेकी थिइन् । अदाले ‘हम हैं राही कार के’ र ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरेकी छन् ।