जुन महिलाले आफ्नै छोरीमाथी प्रेमीलाई ७ वर्षसम्म बलात्कार गर्न सघाई

0
609

एजेन्सी । आफ्ना सन्तानका लागि आमा बाबुले आफ्नो ज्यान दिन तयार हुन्छन्। तर यहाँ यस्ती आमा फेला परिन् जसले छोरीलाई आफ्नै प्रेमीबाट बलात्कार गराउँछिन्। जुन महिलाले आफ्नै छोरीमाथी ति प्रेमीलाई ७ वर्षसम्म बलात्कार गर्न सघाई रहिन्।ती महिला छोरीकै आगडि सम्बन्ध राख्थिन् र छोरीसँग पनि सम्बन्ध राख्न लगाउँथिन्। जब छोरीले अटेर गर्थिन् त उनलाई आफ्नै आमा र आमाको प्रेमी मिलेर कुटपिट गर्दथे। उनका बाबु पनि आमाको सबै कर्तुत थापा पाएर नै आमाबाट टाढिएका थिए।

यसपछि आरोपितले ती बालिकाको जवरजस्ती विवाह पनि गराईदिए। केही बहानामा ती बालिका घरबाट बाहिर निस्किईन् र आफ्नी साथीलाई सबै कुरा भनेर मद्दत गर्न आग्रह गरिन्। उनीहरु मिलेर यस विषयमा प्रहरी कार्यालयमा उजुरी दिए। जसको फल स्वरुप बालिकाकी आमा र उनका प्रेमी पक्राउ परे। पीडित बालिकाले बताए अनुसार उनलाई सन् २०१२ सालभन्दा पहिला उनकी आमाको टेम्पो चालकसँग नाजायज सम्बन्ध थियो। यसपछि रविन्द्र कुमार नाम गरेका व्यक्तिसँग अफेयर भयो। यसै कारणले आमा र उनका बाबुको दिनदिनै जसो झगडा हुन थाल्यो । त्यसपछि उनका बाबु आमाबाट अलगै बस्न थालेको पनि अहिले ८ वर्ष पुगिसकेको छ।

बालिकाले भनेकी छन् आमा र आरोपित मेरै अगाडि सम्बन्ध राख्दथे । २०१२ सालमा चार पाँच महिनापछि जब आमा घरमा थिईन् त्यही समयमा उ घरमा आयो र मलाई बलात्कार गर्यो । कसैलाई भनिस् भने तँ र तेरी आमा दुबैलाई हत्या गर्छु भन्यो । मैले आमा आउने बित्तकै सबै कुरा भने तर आाले चुप लागेर बस् भनिन्। यसपछि आमाले पनि ऊ सँग सम्बन्ध राख्न दबाब दिन थालिन् । पीडित बालिकाले बताए अनुसार ७ वर्षसम्म बलात्कार गर्दा ७ पटक गर्भवती भएँ तर ७ पटक नै आमाले अप्रेशन गराएर फालिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here