चलचित्र बाँध मायाले” प्रचारको लागि नयाँ शैली अप्नाउँदै

0
489

काठमाडौँ !फिल्म बाँध मायाले टिमले सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचारको लागि नयाँ शैली अप्नाएको छ । फिल्म युनिटले प्रत्येक दुई दिनमा फिल्म बाँध मायाले को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने छ ।

महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता रहेको फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । असोज ५ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा रामहरी धिताल र विभिसा श्रेष्ठको संयुक्त लगानी रहेको छ । शविर श्रेष्ठको निर्देशनमा तगार भएको फिल्ममा बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here