गायक महादेव क्षेत्रि र देवी घर्तीको आवाजमा नयाँ सालैजो गीत ( तिमि बस्यौ)ले चर्चा कमाउँदै भिडियो |

0
183

पुष ४ काठमाण्डौ | गायक महादेव क्षेत्रि’ले भर्खरै नेपाली सांगीतिक बजारमा नेपाली टिपिकल सालैजो (तिमि बस्यौ) गीतको भिडियो लिएर आएका छन् | बहु प्रतिभाका धनि गायक महादेव क्षेत्रि सालैजो, नेपाली दोहोरी गीत बडा राम्रो गाउने गायकमा पर्दछन् भने, बेला,बेला गीतहरुपनि कोर्ने गर्छन |

सार्वजनिक सालैजो (तिमि बस्यौ) गीतमा गायक महादेव क्षेत्रिलाई गायकीमा चर्चित गायिका देवी घर्ति मगरले साथ् दिएकि छन् | उक्त गीतमा शब्द प्रसाद खप्तरी मगर र गायक महादेव क्षेत्रि स्वयमको रहेको छ भने, संगीत प्रसाद खप्तरी मगरको रहेको छ | गीतको भिडियोमा निर्देशन ,कुमार केसी ,छायांकन अजय रेग्मी ,भिडियो सम्पादन विजय तिखातरिको रहेको छ |

भिडियोमा बिनोद श्रेष्ठ र रिना थापा मगरको दमदार अभिनय रकेको छ | गीतको भिडियोलाई गायक महादेव छेत्री’को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ |chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here