एक ज्योतिषी’ले भने नेपाल आईडल बिक्रम बराल’ले जित्ने भनेर ठोकुवा गरेका छन्: के पुग्ला त भबिष्य बाणी |

0
90

पुष ६ काठमाण्डौ | नेपाल आईडलको ग्रान्ड फिनाले आज हुँदैछ । टप ४ प्रतिस्पर्दी उपाधी भिडन्तमा छन् । उपाधीका लागी पोखराका विक्रम बराल,धनगडीका रवि ओड, झापाका सुमित पाठक र अस्मिता अधिकारी छन् । सबैले आ–आफ्नै तरीकाले कस्ले जित्छ भन्ने अनुमान लगाई रहेका छन् । तर ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी गरेका छन् ।

नेपालमा विभिन्न समयमा ज्योतिषहरुले भविश्यवाणी गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य पनि हुने गरेका छन् । खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन् । अब को बन्छ दोश्रो नेपाल आईडल ? के पुग्ला त ज्योतिषको भविश्यवाणी ? अब केही घण्टा पर्खीन जरुरी छ । स्रोत internetsansar .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here